काठमाडौं, ३२ जेठ-बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आतमहत्या गरेका छन् ।

उनले आज (आइतबार) बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको ‘केदारनाथ’ चलचित्र निकै चर्चित बनेको थियो । उनले किन आत्महत्या गरे भन्ने विषय अझै खुलेको छैन ।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए। राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

सुशान्तर ब्याकअप डान्सरका रुपमा बलिउडमा करिअर सुरु गरेका थिए। टेलिभिजनमा उनको पहिलो सिरियल बालाजी टेलिफिलिम्सको ‘किस देश में है मेरा दिल’ थियो। यसमा उनले प्रीत जुनेजाको भूमिका निभाएका थिए। त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलबाट उनले चर्चा बटुले।

उनी डान्स रियलिटी शो ‘जरा नच के दिखा २ र झलक दिखला जा ४ मा पनि देखिए। उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा पनि अभिनय गरेका थिए। ३४ वर्षीय राजपुतले पछिल्लो समय ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए।

सुशान्त सिंह राजपूतको जन्म बिहारको पटनामा भएको थियो। सन् २००० को शुरुवातमा उनको परिवार दिल्ली सरेको थियो। सुशान्तका ४ जना बहिनी छन्। उनीहरुमध्ये एक मितु राज्यस्तरकी क्रिकेट खेलाडी हुन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *