केर्खा (कमल), ३२ जेठ–झापाको कमल गाउँपालिकामा क्रियाशील ६ दलीय गठबन्धनले स्थानीय सरकारलाई आज संयुक्त माग समेटिएको ज्ञापन पत्र बुझाएको छ ।

संयुक्त गठबन्धनका संयोजक समेत रहेका नेपाली कांग्रेसका गाउँ सभापति खगेन भण्डारीको नेतृत्वमा राप्रपा, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र माओवादी क्रान्तिकारीले संयुक्त रुपमा गाउँपालिकाका ७ वटै वडामा रहेका समस्याहरु प्राथमिकताका आधारमा सूचीकृतसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

क्याम्पास्थित गाँउपालिकाको कार्यालयमा पुगेर दलीय प्रतिनिधिको टोलीले गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु शिवाकोटीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

ज्ञापन पत्रमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका नाममा भईरहेको भ्रष्टाचार रोक्न ध्यान दिनुपर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी र ठाउँ ठाउँमा कोरोना उपचार विशेष अस्पताल खोलिनुपर्ने, कृषि क्षेत्रमा दिईदै आएको अनुदानमा भएको भ्रष्टाचार रोकिनु पर्ने, उत्पादनमुलक क्षेत्रमा अनुदान दिईनु पर्ने, कृषिमैत्री बजेट तथा कार्यक्रमहरु निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माणका योजनाहरु पारदर्शी ढंगबाट गुणस्तर कायम राखेर सञ्चालन गर्नुपर्ने, सडक स्तरोन्नती तथा विजुली विस्तार गर्नुपर्ने लगायतका बिषयहरु समेटिएका छन् ।

ज्ञापन पत्रमा लामो समयदेखि कमलमा बसोबास गर्दै आएका सुकुम्बासीहरुको पहिचान गरी आवासको व्यवस्था मिलाउनु पर्ने, आदिवासी रंगशाला घेराबारा तथा संरक्षण गरिनुपर्ने, सामुदायिक विद्यालयहरुमा रहेको शिक्षाको गुणस्तर उकास्नुपर्ने, गाउँपालिकाका सबै क्षेत्रमा खानेपानीको सहज र सुलभ आपूर्ति गर्नुपर्ने लगायतका मागहरु उल्लेख छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *