–पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ।

यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छः

१) डिम्ब निष्कासन,
२) यौ नसम्पर्क,
३) वीर्य स्खलन,
४) डिम्ब निषेचन तथा
५) डिम्बरोपण

एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको १४ दिनमा महिनावारी सुरु हुन्छ। यस्तै, २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ।

डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बाच्न सक्छन्। त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *