एजेन्सी, १ असार–स्पेनिस ला–लिगा फुटबलमा उपाधि दावेदार रियल मड्रिडले आइबरलाई पराजित गरेको छ। गएराति मैदानमा भएको खेलमा रियल मड्रिडले आइबरलाई ३–१ ले हराएको हो। खेलमा रियललाई विजयी गराउन टोनी क्रस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे।
आइबारका पेड्रो बिगासले एक गोल फर्काए। जितपछि दोस्रो स्थानको रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनामाथिको दबाब कायम राखेको छ। लिगमा २८ खेलबाट रियाल मड्रिडको ५९ अंक भएको छ। समान खेलबाट बार्सीलोनाको ६१ अंक छ। ला लिगा फुटबलअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिक बिल्बाओ र एथ्लेटिको मड्रिड तथा रियाल सोसीडाड र ओसासुनाले एक एक गोलको बराबरी खेलेका छन्।
