काठमाडौं, २ असार–स्पेनिस ला लिगा फुटबलमा गएराति भएका तीन वटै खेल बराबरीमा टुंगिएका छन्। रियल सोसिडाड र ओसासुनाबीच भएको खेल एक–एक गोलको बराबरीमा सकियो। ओसासुनाका लागि एड्रियन लोपेजले पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा माइकेल ओयरजाबालाले गोल गर्दै खेल बराबरी गरे। त्यसपछि दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भए।

गएराति नै भएको अर्को खेलमा लेभान्टे र सेभिल्लाले पनि एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। सेभिल्लाका लुक डी जोङले ४६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिएका थिए। ८७ औं मिनेटमा सेभिल्लाकै डिएगो कार्लोसको आत्मघाती गोल उपहार पाएपछि लेभान्टे हारबाट जोगियो। आज विहान सकिएको अर्को खेलमा रियल बेटिस र ग्रानाडाले २–२ गोलको बराबरी खेलेका छन्।

ग्रानाडाका कार्लोस फर्नान्डेज र रोबर्टो सोलडाडो तथा रियलका लागि सर्जियो कानालेस र क्रिस्टियन टेलोले गोल गरेका थिए। प्रतियोगिता अन्तर्गत आज गेटाफे र स्पानेयल तथा भिल्लारियल र मालोर्काबीच प्रतिष्पर्धा हुनेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *