एजेन्सी, २ असार–भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको स‌ंख्या ९ हजार ९०० पुगेको छ। पछिल्लो दिनमात्रै त्यहाँ थप ३८० जना संक्रमितले ज्यान गुमाएका छन्‌।

बितेका २४ घण्टाभित्र भारतमा १० हजार ६६७ जना नयाँ संक्रमित फेला परेका छन्‌। यी समेत गरी भारतभर हालसम्म ३ लाख ४३ हजार ९१ जना संक्रमित भेटिएका छन्‌। अहिलेसम्म भेटिएका संक्रमितमध्ये १ लाख ८० हजार १३ जना उपचारपछि निको भएका छन्‌। १ लाख ५३ हजार १७८ जना संक्रमितको उपचार हुँदैछ।

भारत यतिखेर कोरोना महामारीबाट बढी प्रभावित मुलुकको चौथो स्थानमा छ। त्यहाँ केहि दिनयता दैनिक १० हजार भन्दा बढी संख्यामा नयाँ संक्रमित फेला परिरहेका छन्‌।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *