काठमाडौं, २ असार–नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ६ हजार ५९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा भएको परीक्षणमा झापा र पाँचथरका एक-एक जना, धरानमा भएको परीक्षणमा सुनसरी र सिरहाका गरी चार जना, जनकपुरमा भएको परीक्षणमा रौतहटका ३८ र महोत्तरीका १७ गरी ५५ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, नारायणी अस्पताल वीरगञ्जमा भएको परीक्षणमा पर्साका दुई जना, पोखरामा भएको परीक्षणमा गोरखाका १० जना, नवलपरासी पूर्वका दुई जना, बाग्लुङका एक जना, तनहुँका दुई जना, कास्कीका तीन जना र स्याङ्जाका चार जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ ।
सेती अस्पतालमा भएको परीक्षणमा अछामका एक जना, बैतडीका २१ जना, डोटीका २० जना, कञ्चनपुरका ११ जना र कैलालीका २३ जना गरी ७६ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल बाँकेमा बाँकेका एक र बर्दियाका नौ जना गरी १० जना, राजविराजमा भएको परीक्षणमा सप्तरीका तीन जना, भरतपुरमा भएको परीक्षणमा नवलपरासी पूर्वका एक जनामा कोरोना देखिएको छ ।
यस्तै रुपन्देहीमा भएको परीक्षणमा अर्घाखाँचीका नौ र रुपन्देहीका एक जना, सुर्खेतमा भएको परीक्षणमा दैलेखका पाँच जना र सुर्खेतका चार जना, धुलिखेलमा भएको परीक्षणमा धनुषाका २१ जना र रामेछापका एक जनामा कोरोना देखिएको छ ।
दाङमा भएको परीक्षणमा सल्यानका एक जना, दाङका ५६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाण्डौका एक जना, महोत्तरीका ७२ जना, मोरङका एक जना, रौतहटका १४ जना, रोल्पाका एक जना, रुपन्देहीका तीन र सर्लाहीका १६ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११७ डिस्चार्ज, निको हुनेको संख्या १,१५८ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ११७ कोरोना निको भएर डिस्चार्ज भएको जानकारी दिएका छन् ।
उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, आइसोलेसन सेन्टर सरतालिया बाँकेबाट १० जना, आइसोलेसन सेन्टर सहपूर्वा बाँकेबाट ७ जना, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ जना डिस्चार्ज भएका छन् ।
यस्तै नारायणी अस्पताल वीरगञ्जबाट ३ जना, भीम अस्पताल भैरहवाबाट २६ जना, कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ जना, आइसोलेसन सेन्टर मान्माबाट २४ जना, दुल्लु अस्पताल दैलेखबाट ७ जना, तारतांग आइसोलेसन सेन्टर दैलेखबाट १ जना, प्रादेशिक अस्पपाल सुर्खेतबाट २ जना रहेका छन् ।
डिस्चार्ज हुनेमा ८ महिला र १०९ पुरुष छन् । योसँगै निको हुनेको संख्या एक हजार १५८ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख २३ हजार ५१९ नमुना परीक्षण भएका छन् । २४ घन्टामा ४ हजार १८३ आरडीटी परीक्षण भएका छन् ।
पीसीआर विधिबाट भने हालसम्म १ लाख ४३ हजार ७३८ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९ जना रहेका छन् । त्यसैगरी, आइसोलेसनमा रहनेको संख्या ५ हजार ५३१ जना रहेका छन् ।
