एजेन्सी, ३ असार–बार्यन म्युनिखले जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ। यो उसको लगातार आठौं उपाधि हो। उसले सन २०१३ देखि लगातार उपाधि जित्दै आएको छ।

आइतबार राति भएको खेलमा वेर्डर ब्रेमेनलाई १–० ले पराजित गरेसँगै बार्यनले यो सिजनको उपाधि पक्का गरेको हो।​ अवे मैदानमा भएको खेलमा बार्यनका लागि ४३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै सिजनको उपाधि दिलाउनका लागि निर्णायक बन्यो।​लेवान्डोस्कीले यो सिजन लिगनमा अहिलेसम्म ३१ गोल गरिसकेका छन्।

बुण्डेस लिगामा लगातार ११ औँ जित निकालेको बार्यन लिगका तीन खेल बाँकी हुँदा दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड भन्दा १० अंकले अघि रहेर उपाधि पक्का गरेको हो। बार्यनको ३२ खेलबाट ७६ तथा डर्टमुण्डको ३१ खेलबाट ६६ अंक छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *