काठमाडौं, ४ असार–राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले तराईवासीहरू सीमा रक्षाको लागि फ्रन्ट लाइनका सिपाही भएको बताएका छन। राष्ट्रियसभा बैठकमा बोल्दै सिंहले तराई बासीको पनि नेपाली बाहेक अरु कुनै पहिचान नभएको बताएका हुन।

‘हाम्रो पनि अन्य केही पहिचान छैन,’ उनले भने, ‘माथि बस्ने पछाडि पर्नुहुन्छ हामी त फ्रन्ट लाइनको फ्रन्ट सिपाही हौँ।’ हिमालका काखीमा बस्ने पनि नेपाली हुन तराईको दशगजामा बस्ने पनि नेपाली भएको उनको भनाई छ। उनले राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले सबैलाई सँगै लिएर जाने विश्वास पनि व्यक्त गरे।

राष्ट्रिय सभा सदस्य सिंहलेयो ऐतिहासिक क्षणको मौका प्रधानमन्त्री ओलीले नगुमाउने पनि दाबी गरे। उनले तराइ बासीलाई अविश्वास नगर्न र कुनै अग्नि परीक्षा छ भने अगाडि सार्न पनि उनले सबैलाई आग्रह गरे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *