दमक, ४ असार–झापाको माइपश्चिम दमकमा क्रियाशिल पत्रकारहरुको साझा संस्था पत्रकार मञ्च दमकले १३ बुँदे मागपत्र दमक नगरपालिकालाई बुझाएको छ ।

बुधबार, नगरपालिकामै पुगेर पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, पुर्व अध्यक्ष कृष्ण कार्की, पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य अनिलदेव राई, गीता ढुंगाना, कमन देवान, देशराज नेम्वाङ, उत्तम रिजाल लगायतको उपस्थितिमा नगर प्रमुख रोमनाथ ओलीलाई माग पत्र बुझाएका हुन् । मागपत्र हस्तान्त्रणमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिनाको समेत उपस्थित थियो ।

पत्रमा पत्रकार मञ्च दमकको भवन निर्माणका लागि कम्तिमा ५ कठ्ठा जग्गा उपलब्ध गराउन माग गरिएको छ । त्यस्तै, भवन निर्माणका लागि यसै आर्थिक बर्षदेखि बजेट विनियोजन गर्न माग गरिएको छ । पत्रकार मञ्चसँगको सहकार्यमा दमकका क्रियाशिल सञ्चारकर्मीहरुको कोरोना स्वास्थ्य वीमा गरिदिन पनि माग गरिएको छ ।

यस्तै, अन्य मागहरुमा नगरपालिकाले संचार संस्थाहरुलाई दिदै आएको लोककल्याणकारी सूचना वापतको रकममा शत प्रतिशत वृद्धि गर्नु पर्ने, बीचमा रोकिएको दमक विकास पत्रकारीता पुरस्कार र उदयीमान पत्रकारीता पुरस्कार वितरणलाई यो आर्थिक वर्षदेखि निरन्तरता दिनुपर्ने लगायत रहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *