काठमाडौं (एजेन्सी), ४ असार–युभेन्टस पेनाल्टी सुटआउटमा हराउँदै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ। गएराति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो। निर्धारित ९० मिनेटको खेल बिना कुनै गोल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो।

पेनाल्टी सुटआउटमा युभेन्टसका लागि पाउलो डिबाला र डानिलोले पेनाल्टी मिस गरेका थिए। योसँगै नापोलीले अहिलेसम्म छैठौ पटक कोपा इटालीको उपाधि जितेको छ। त्यस्तै, युभेन्टस १९औ पटक फाइनलमा पुगेको छ भने युभेन्टसले यस अघि १३ पटक उपाधि जितेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *