काठमाडौं, ४ असार–गायिका शोभा पाण्डेले देशभक्ति गीत ‘नेपाल प्यारो’ सार्वजनिक गरेकी छन्। उनले युट्युवमार्फत गीत सार्वजनिक गरेकी हुन्। देशभक्तिमा आधारीत उक्त गीतमा वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालको शब्द छ।

यस्तै, गीतमा गैरे सुरेशले संगीत भरेका छन्। देशभक्तिको भावनाले ओतप्रोत उक्त गीतमा नेपालीको पहिचान बोक्ने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सामाजिक जीवनलाई बुझाउन खोजिएको छ।

नेपालको शिरमा रहेको सगरमाथादेखि तराईको समथर भूभागसम्मलाई गीतले जोड्न खोजेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *