नेपाल भ्रमणमा आएका भुटानी नरेश स्वदेश फिर्ता
काठमाडौं, २१ मंसिर । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्केका छन्। उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिन्।…
