काठमाडौं, २१ मंसिर । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्केका छन्।
उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिन्।
आज बिहान काठमाडौं आएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए।
भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन्।
