काठमाडौं, १९ माघ–बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले एकरएक गोल गरे । उता बिल्बाओले एक आत्मघाती गोल उपहार पाएको थियो ।
खेलको २० औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो ।
खेलको ४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी आल्बाले आत्मघाती गोल गर्दा बिल्बाओले खेल १र१ गोलको बराबरी गर्ने अवसर पायो ।
७४ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २र१ गोलको जित दिलाए ।
जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । लिगमा २० खेल खेलेको बार्सिलोनाको ४० अंक छ ।
शिर्ष स्थानमा रहेको एट्लेटिको ५० अक छ । पराजित बिल्बाओ २४ अक जोडेर तालिकाको ११ औं स्थानमा छ ।
