काठमाडौं, १९ माघ–साविक विजेता लिभरपुलले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । स्टार खेलाडी मोहम्मद सलाहले दुई गोल गर्दा आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । जर्जिनियो विज्नाल्डमले एक गोल गरे ।
वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए । वेस्ट ह्यामको मैदानमा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा लिभरपुलले दुई गोल गर्न सफल भयो । खेलको ५७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए ।
६८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गर्दा लिभरपुलले अफ्नो अग्रता दोब्बर बनायो । ८४ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए । ८७ औं मिनेटमा वेस्ट ह्यामका डसनले एक गोल फर्काएपनि लिभरपुल ३–१ ले विजयी भयो ।
जितसँगै लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले २१ खेलबाट ४० अंक जोडेको छ । वेस्ट ह्याम ३५ अंक जोडेर पाँचौं स्थानमा छ ।
