काठमाडौं, १९ माघ–संसद विघटनको विरोधमा आन्दोलनरत विद्यार्थी नेतामाथि प्रहरीले गरेको कुटपिटप्रति नेकपा प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ । नेकपाको केन्द्रीय संघर्ष समितिले अनेरास्ववियूका नेता प्रशुन कार्कीलाई प्रहरीले कुटपिट गरेको विषयमा भर्त्सना गरेको हो।

प्रधानमन्त्रीको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध अनेरास्ववियूले सोमबार बानेश्वरमा गरेको शान्तिपूर्ण विरोध कार्यक्रम सकेर फर्कने क्रममा विद्यार्थी नेता कार्कीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै सो समूहले घटनाको निन्दा गरेको हो । केन्द्रीय संघर्ष समितिका सहसंयोजक समेत रहेका योगेश भट्टराईले सोमबार विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा रखेपछी प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रीय संघर्स समिती घोर निन्दा गर्दछ । प्रहरीको कुटाइबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दछौं ।’

आन्दोलनकरीमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटिसमा राखेको नेता भट्टराईले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *