काठमाडौं, १० माघ–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले सत्र साल ल्याउन सक्ने बताएका छन् । प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनका निम्ति नभई २०१७ साल ल्याउन गरिएको उनको दाबी छ ।

राष्ट्रिय जनमोर्चाले सोमबार आयोजना गरेको प्रतिनिधिसभा विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा केसीले चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको उनको भनाइ छ । नेपालमा स्थिर सरकार र पार्टीहरू नैतिकवान भए भने विदेशी शक्तिकेन्द्रहरूले हस्तक्षेप गर्न नसक्ने उनको भनाइ छ ।

कार्यक्रममा जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले संविधालाई विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको बताए । आफूहरुले संविधानको निर्माणकालमै संविधानको विरोधमा संविधान जलाएको भएपनि संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पार्टीसँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए । कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको बताए ।

पूर्वसभामुख दमननाथ ढुंगानाले जनताको बलिदान र संघर्षको अपमान गर्ने राजनीतिक कदम अहिलेको प्रतिनिधिसभा विघटनभन्दा अर्को नभएको जिकिर गरे । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीलाई बहुमत–अल्पमतको कुनै अर्थ नरहेको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *