धरमपुर, २० माघ–सौजन्य बचत तथा ऋण सहकारी संस्थाले आज एक दिने आँखा शिविर र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी-२ मंगलबारेमा स्थापना भएको सहकारी संस्थाले आफ्नो उद्घाटनको अवसर पारेर मंगलबारे बजारमा आँखा शिविर र खुल्ला रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममा २ महिलासहित ४४ जनाले सहभागिता जनाएका थिए । त्यस्तैं, शिविरमा दुई सय जनाको आँखा परिक्षण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रमको उद्घाटन सहकारी संस्थाका अध्यक्ष मकर नेम्बाङले गरेका थिए । सो अवसरमा संस्थाका सल्लाहकार संयोजक अनिलदेब राई, सल्लाहकार सदस्य तथा मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष भीम नेम्बाङ, काशिनाथ अधिकारी लगायत संस्थाका सञ्चालक समिति, शेयर सदस्यहरु र कर्मचारीहरुसहित संंस्थाका शुभेच्छुकहरुले रक्तदान गरेका व्यवस्थापक मनी राईले बताए ।

त्यस्तैंं, दमकस्थित बिर्ताज्योती आँखा अस्पतालको आँखा बिशेषज्ञ र चिकित्सकहरुले आँखा परिक्षण गरेका थिए । शिविरमा दुई सय बढीले आँखा परिक्षण गराएका र त्यसबीचमा ६० प्रतिशतको मोतियाबिन्दु सम्बन्धीको समस्या छन् भने केहीको अप्रेशननै गर्नुपर्ने अवस्था देखिएको अस्पतालका आँखा बिशेषज्ञ मोती बरालले बताए ।

यता, शिबसताक्षी नगरभित्र रक्तदान कार्यक्रम सञ्चालन गर्दै रक्तदानलाई अभियानको रुपमा विकास र प्रवर्दन गर्नुहुने नगरका तीन जना पत्रकारहरुलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ६६औं पटक रक्तदान गर्नुहुने शिबसताक्षी-११ का पत्रकार छबिलाल डवादी, ३४औं पटक रक्तदान गर्नुहुने शिबसताक्षी-११ का कृष्णचन्द्र सेलिङ र रक्तदाता एबम् शिबसताक्षी-८ का गोविन ल्वागुनलाई कार्यक्रममा दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो ।

सम्मानीतहरुलाई संस्थाको अध्यक्ष मकर नेम्बाङ, उपाध्यक्ष कृष्ण तामाङ, सचिव पुष्कर दाहाल, व्यवस्थापक मनी राई, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका रक्तसंचार बिभाग प्रमुमख सिदार्थ दाहाल, नगरपालिकाका प्रवत्ता नविन इमज, संस्थाका सल्लाहकार एबम् बजार व्यवस्थापन समिति अध्यक्ष भीम नेम्बाङले मायाको चिनो प्रदान गर्नुहुदै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

रक्तदान कार्यक्रममा नयाँ गोरेटो प्रतिष्ठान नेपाल शिबसताक्षी–८ डुडामारी र दोस्रो जीवन सुधार केन्द्र शिबसताक्षी–९ दुधेका युवाहरुको सहभागिता रहेको थियो ।

यता, कार्यक्रममा वडा नं २ का वडा सदस्य कुमार राई, वडा सचिव पूर्ण कुवँर, धरमपुर प्रहरी चौकीका प्रमुख प्रसनी दीपक राई, साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष खडानन्द घिमिरे, व्यवसायी शान्तिराम न्यौपाने, सामाजिक अगुवा भुवन राई लगायतका व्याक्तित्वहरुको उपस्थिति रहेको संस्थाका व्यवस्थापक मनी राईले बताए ।

संस्थाका अध्यक्ष नेम्बाङले संस्थाको समुद्घाटन कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा अध्यक्ष नेम्बाङ, उपाध्यक्ष तामाङ र व्यवस्थापक राईले शिविरमा प्राविधकि सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी उपशाखा दमक र बिर्ताज्योती आँखा अस्पताल दमकलाई धन्यवाद सहित मायाको चिनो प्रदान गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *