काठमाडौं, २१ माघ–अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि बजेटको कमी नहुने बताएका छन् । निर्वाचन आयोगसँगको छलफलका क्रममा मंगलबार उनले कोभिड-१९ को महामारीको समयमा निर्वाचन गर्नुपरेकाले खर्चमा मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा समेत ध्यान दिन सुझाएका थिए ।

भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका भइरहेका व्यवस्थापकीय कामबारे जानकारी दिएका थिए । निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न गराउन एवं विगतका निर्वाचनका तुलनामा मितव्ययी रूपमा खर्च गर्न र लागत प्रभावकारी रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताए ।

निर्वाचनमा कोरोना भाइरसको संक्रमणलाई समेत मध्यनजर गरी सबै किसिमका निर्वाचनसम्बन्धी गतिविधिहरू सञ्चालन गर्नुपर्ने भएकाले विगतको चुनावका तुलनामा बजेट व्यवस्थापनमा नयाँ र थप दबाब सिर्जना भएको थपलियाको भनाइ थियो ।

छलफलमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचन आयोग ऐन, २०७३ को दफा २८ को व्यवस्थाअनुसार आयोगबाट तयार गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आर्थिक सञ्चालन कार्यविधि, २०७७ यसै साता आयोगबाट स्वीकृत हुने बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *