काठमाडौं, २१ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालप्रति कटाक्ष गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले के कारणका लागि नेपाल बन्द ? भन्दै प्रश्न गरे ।
“नेपाल बन्द अरे ! जनताले के बिगारे र बन्द ? जनताई दुःख दिन किन बन्द ? पार्टी छोडेर पाटीमा आफू लाग्छन् अनि जनतालाई दुःख दिन्छन्,’’ ओलीले भने ।
उनले प्रचण्ड–नेपाल पार्टीबाट किनारा लागेको भन्दै पार्टीमा शुद्धीकरण भएको बताए ।
