धरमपुर, २१ माघ–झापाको शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी रंगशालामा आजबाट फुलबरी नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नगर उपप्रमुख भोजकुमारी नेपालले उद्घाटन गरिन ।
झापा, मोरङ, इलामका १२ टिमको सहभागिता रहेको प्रतियोगितामा आज पहिलो खेल दमकको भाङ्बारी फुटबल क्ल्ब र शिबसताक्षी–८ डुडामारी फुट्बल क्लबबीच सम्पन्न भयो । उक्त खेलमा भाङ्बारी फुटबल क्लब १–० गोल अन्तरले बिजयी भयो ।
खेलको म्यन अफ द म्याच बिजयी टिमका सन्जय धिमाल घोशीत भए । प्रतियोगिता अन्तरगत भोलि(बिहिबार) आयोजक फुलबरी स्पोर्टिङ क्लब र इलाबेन वरियसबीच हुने प्रतियोगिता संयोजक एबम् आयोजक क्बलका उपाध्यक्ष प्रेम शेर्माले जानकारी दिए ।
फागुन १ गतेसम्म सन्चालन हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार र उपबिजेताले २० हजार मेडल, ट्रफि र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।
उद्घाटनको अवसरमा नगर उपप्रमुख नेपालले खेल क्षेत्रको विकाससँगै युवाहरु सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुपर्ने र सहभागिता मुलक कार्यक्रममा जुट्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा धरमपुरका सामाजिक तथा राजनीति अगुवा जयकुमारी चेम्जोङ, बिनोद ढकाल, एल नेम्बाङ लगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम क्बलका अध्यक्ष दिल लिम्बूको अध्यक्षतामा भएको थियो ।
