काठमाडौं, २२ माघ–आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ परेकी छिन् । उनीसँगै हितमान शाक्य, अमृता थापा लगायत नेताहरु पनि पक्राउ परेका छन् ।

संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएको थियो ।

आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपाले आमहड्ताल घोषणा गरेको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *