बिर्तामोड, २२ माघ–नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको नेपाल बन्दको प्रभाव झापामा पनि देखिएको छ । नेकपाको प्रचण्ड–माधव समूहका कार्यकर्ताले झापाको बिर्तामोड एउटा कार तोडफोड गरेका छन् ।

मे १ च १९४२ नम्बरको कारमा तोडफोड गरिएको हो ।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको उक्त कारलाई बन्दकर्ताले रोक्न खोज्दा अस्वाभाविक गतिविधि देखाएपछि भिडले गाडीको शिशा फुटाएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।

बिर्तामोडको पश्चिम बसपार्क भएको घटनामा नेकपाका विद्यार्थी नेता मदन भट्टराईलाई सामान्य चोट लागेको जनाईएको छ । झापामा बजार पसल खुले पनि सवारी साधनहरु न्युन मात्रामा चलेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *