काठमाडौं, २३ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूह नै मूलपार्टी भएको र यही समूहले नै देशलाई समृद्धितर्फ डोर्याउने दाबी गरेका छन्।
नारायणहिटी क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले आफूले नेतृत्व गरेको नेकपा नै मूल पार्टी रहेको र यसै पार्टीले नै देशलाई समृद्धि र न्यायको पक्षमा डोर्याउने जिकिर गरेका हुन्।
उनले आफ्नो पक्षले मात्र देशको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्नुका साथै भौगोलिक अखण्डता अक्षुण्ण राख्ने दाबीसमेत गरे।
प्रधानमन्त्री केपी शर्मा ओली खाँदाखाँदा छन् सभा गर्ने ठाउँ छैन। फेरि मान्छेहरुले सोधिरेहका छन् कुन पार्टी कुन हो। फेरि पनि अलमलमा छन् भने कठैबरा भन्न सकिन्छ। ‘अरुले सभा जहाँ राखे पनि ठूलो हुन्छ। हामीले जहाँ रोजे पनि हामीलाई कम हुन्छ,’ उनले भने,
मूलपार्टी कुन हो भनेर अझै पनि सोधिएको प्रति उनको आपत्ति थियो। ‘मूल पार्टी यही हो। देशकै मूल पार्टी हो। देश बनाउने पार्टी हो।’
इतिहासको हिसाबले समृद्ध देश बनाउन लागेको पार्टी भएकाले आफूले नेतृत्व गरेको पार्टी नै मूल रहेको पनि उनले प्रस्ट पारे। ‘आजबाट कुन पार्टी सक्कली भन्ने फैसला भयो। हिजोको बन्द तथाकथित भएको भन्दै श्रमजीवीका लागि काम गर्ने भन्दै बुढी आमाको टमाटार बाटाभरि छरेर क्रान्ति गरेको भन्दै किसानका मुला र गरिब ट्याक्सीबालालाई आगो लगाएका पार्टी सर्वहारा पार्टी रे’ उनले भने।
प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव पक्षको आलोचना गर्दै उनीहरूले हिजो नेपाल बन्द गरी गरिबको नोक्सानको क्षतिपूर्ति सरकारले बेहोर्ने बताए। हिजो नेपाल बन्दका क्रममा जलाइएको ट्याक्सीको विषयमा ओली केन्द्रित भए।
उनले जनतालाई माया गर्ने सरकार भएकाले शान्तिका लागि लड्ने सरकार भएकाले जनतालाई ढुक्क हुन उनले आग्रह गरे। नेपाल बन्द गरेर तर्साउन खोजेका पनि पनि उनले बताए। आफूले बम राखेर विप्लवलाई दोष दिएको भन्दै ठूला कुरा नगर्न नेकपा अर्को पक्षलाई उनले चेतावनी दिए।
जनताको भेललाई कसैले छेक्न नसक्ने भन्दै इतिहासको सबैभन्दा ठूलो जनसभा भएको दाबी गरे। ‘जनसभालाई सम्मान गर्न चाहन्छु। हामी समृद्ध नेपाल र सुखी नेपाली बनाउने आकांक्षाला बढाइरहेका छौं।’
उनले तीन वर्षमा ६ हजार किलोमिटर बाटोहरू कालोपत्रे र ४ सयभन्दा बढी पुल र झोलुंगे पुल बनाएको पनि दाबी गरे। विकास निर्माणको काम आफ्नो सरकारले बनाइरहेको दाबी गर्दै पूर्वाधार र कृषि आधुनिकीकरण र मानवअधिकारको क्षेत्रमा ध्यान दिएको बताए। समाजलाई माथि उठाउन सडक बालबालिकालाई रहन नदिएको दाबी गरे। सडक बालबालिकालाई सरकार भएको दाबी गरे।
कोही पनि मानिस बेसहारा नभएको र नेपालमा कोही पनि भोकले नमर्ने पनि दाबी गरे। ‘अरूले पकाएको भात बाँड्दै हिँडे, फोटो खिचेर फेसबुकमा हाले। काम गर्ने हैन बाँडेर हिँडे। हामीलाई त्यो तमासा गर्नु छैन। हाम्रो काम भ्रष्टाचार रोक्ने हो। यही काम गर्न नदिन केही मानिसहरु लागिपरे।’
उत्तर र दक्षिण नाकाहरु खुलाएको भन्दै नेपाललाई सबै विकासको अनुकुल भएको बताए। चाँदनी दोधारा र पञ्चेश्वरको विकासको चर्चा गरे। तराईको डु्बानका विषयमा भारतसँग कुरा गरेको पनि उनले दाबी गरे। हुलाकी राजमार्गलाई आफू प्रधानमन्त्री भएको बेला सुरु गरेको र बजेट छुट्याएको पनि दाबी गरे। साथै छिट्टै पूरा गर्ने पनि बाचा गरे।
पूर्वपश्चिम राजमार्ग र रेल पनि नेपाललमा ल्याइएको उनले दाबी गरे। रेल अनि सुरङ मार्ग पनि बन्दै गरेको उनले बताए। कृषिको आधुनिकीकरण व्यवसायीकरणको काम अघि बढाइएको उनले दाबी गरे। अब विदेश जानुनपर्ने गरी प्रधानमन्त्री युवा स्वरोजगारी कार्यक्रम पनि सरकारले गर्दै गरेको उनले दाबी गरे।
प्रदेशहरुमा ठूला औद्योगिक क्षेत्र तोकेर काम बढाउँदै गरिएको पनि उनले बताए। ंसबैतिर कोभिड १९ ले प्रतिकुलतमा पनि जनताको जीवन रक्षा पहिलो कुरा बनाइयो। त्यसैले नेपामा मृत्युदर कम भयो। अहिले त खोप पनि सुरु भइसक्यो।’
सबैलाई खोप लगाउने प्राथमिकता दिएको बताए। द्वन्द्वको बेलाको प्रसंग झिक्दै ओलीले कतिपय हिजो द्वन्द्वकालमा भएका पीडितलाई ध्यानमा राखी काम भएको पनि उनले बताए। यातायात र पारवहनको सम्झौता आफूले गरेको भन्दै मिचिएको भूभागको नक्सा सार्वजनिक भएपछि आफूलाई निकाल्न खोजिएको पनि बताए।
नक्कली राष्ट्रवादले तीन वर्षसम्म काम गर्न नदिएको पनि आरोप लगाए। आफूलाई हटाउने मान्छे भएकाले आयोग बनाउने बित्तिकै उनीहरुलाई पीर परेको पनि बताए। मधेर दलित र पिछडिएको क्षेत्रमा राजनीति गर्नेले नै आयोग गठन हुन नदिएको आरोप लगाए। यो सरकार पाँच वर्षका लागि हो चलाऊँ भन्दा केपी ओली हट्नुपर्छ। हटाउनुपर्छ भन्दै लागिपरेका बताए।
व्यक्तिगत अहंकार भएकाले जनतालाई धोका दिएको भन्दै संसदसमेत ठीकसँगले चल्न नदिएको पनि आरोप लगाए। बहुमतको सरकार ढालेर अस्थिरता निम्त्याउन लागेकाले काम गर्नै नपाउने लागेपछि ताजा जनादेशमा आफू जानुपरेको पनि खुलाए। ‘अस्थिरताको राजनीतितर्फ हैन चुनावतर्फ जाऊँ,’ उनले नारा नै लगाए। ‘जनता के भन्छ अब सबैले सुने होला नि। हामी धम्की दिँदैनौं।’
प्रचण्ड–माधवतर्फ इंगित गर्दै अदालत र निर्वाचन आयोगलाई दिएको जस्तो आफूले धम्की नदिने पनि उनले बताए। ‘म आग्रह गर्न चाहन्छु देश चुनावतर्फ गयो गयो। अब चुनावले फैसला गर्छ। निर्वाचन आयोगमा गएर निर्वाचन नगर्नु भन्ने। जनताले सरकार छान्दा देश संकटमा पर्छ। केही मान्छेले कुनामा बसेर अरुका लागि काम गर्दा देश संकटमा गयो’, उनले भने।
अब कसैले पनि लोकतन्त्र खोस्न सक्दैन भन्दै उनले नेपाली जनता सचेत भएका पनि बताए। यहाँ कसैले लोकतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ भन्दै देश अब अघि बढेको बताए। केहीबेर उपस्थितको समर्थन सुनेका ओली बोलेनन्। संसद विघटन र यसको सिफारिस बलजफ्ती निकालिएको भन्दै सर्वसाधारण जनताले यो कुरा बुझेको पनि उनले बताए।
यो विवाद संवैधानिक छ छैन भनी बहस भइरहेको भन्दै संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने भए संसद विघटन गर्न पाउने अधिकार भएको उनले दाबी गरे।
उनले यसका लागि बेलायतको उदाहरण पनि दिए। ताजा जनादेश दिन पर्ने भन्दै हामीहरुलाई काम गर्न नदिएकाले ताजा जनादेशबाट यसको विवादको हल खोज्नुपर्ने बताए।
कुनै पनि नाटकबाजको भ्रममा नपरी देशलाई सही बाटोमा जान आग्रह पनि गरे। ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले सबैका लागि काम गरेको भन्दै त्यसरी इतिहासको कुनै सरकारले काम नगरेको दाबी गरे।
कोभिडको विषयमा उल्लेख्य प्रगति
सरकारले कोभिडको उपचारमा पनि उल्लेख्य प्रगति गरेको भन्दै विकासको निकैबेर चर्चा गरे। ढल्केबर ट्रान्समिसन लाइन उद्घाटनको पनि खुलेर तारिफ गरे।
लोडसेडिङ अन्त्य गरिएको भन्दै विद्युतमा आत्मनिर्भर भएको बताए। हिजो भन्दै थिए केपी ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे। हामीले लडेर संघीले लोकतान्त्रिक गणतन्त्र ल्याएका हौं। यसको कार्यन्वयन गरेर अघि बढ्छौं।
कोभिड नियन्त्रणमा स्थानीय जनप्रतिनिध र नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सबैलाई उनले सलाम धन्यावद दिए। खुलेआम शाकाहारी आन्दोलन गर्दिनँ भनेर उत्ताउला प्रयासलाई रोक्न लागिपरेका सबैलाई उनले धन्यवाद पनि दिए। पार्टीका कार्यकर्तालाई कसैको अलमलमा नपर्न पनि उनले आग्रह गरे।
