दमक, ७ फागुन–झापाको दुधेमा ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । शिबसताक्षी–९ र ११ दुधेस्थित मुख्य चौक र बजारमा सरसफाई कार्यक्रम गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको हो ।
सतासीधाम जेसिजको मुख्य आयोजनामा सताक्षीधाम सामुदायिक प्रहरी सेवा केन्द्र, सतासीधाम सामुदायिक सिकाई अध्ययन केन्द, खुद्रा बचत तथा ऋण सहकारी संस्था, इलाका प्रहरी कार्यालय झिलझिले, लायन्स क्लब अफ द शिबसताक्षी र दुधे बजार व्यवस्थापन समितिको सहकार्यमा दुधे बजारमा बृहत सरसफाई गरिएको सतासीधाम जेसिज बर्ष २०२० का अध्यक्ष कुमारसिंह साँवाले बताए ।
सरसफाई अघि आयोजित कार्यक्रममा सतासीधाम जेसिजका वर्ष २०२१ का अध्यक्ष कमल सेनचुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी प्रमुख प्रनि ध्रुब नारायण श्रेष्ठ, सताक्षीधाम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष छत्रबाबु ओझा, महासचिव सन्त फेवादेन लिम्बू, सतासीधाम जेसिज बर्ष २०२० का अध्यक्ष कुमारसिंह साँवा लिम्बू, लायन्स क्लबका अध्यक्ष एबम् व्यवसायी अग्नी प्रसाद दुलाल, दुधे बजार व्यवस्थापन समिति अध्यक्ष गणेश प्रसाद खरेल, सतासीधाम सामुदायिक सिकाई अध्ययन केन्द्रका अध्यक्ष नारायण बजगाई लगायतले मन्तव्य राख्नुभएको सामुदायिक प्रहरी सेवा केन्द्रका महासचिव सन्त फेवादेन लिम्बूले बताए ।
सरसफाई कार्यक्रममा दुधे बजारका स्थानीवासी, बजारका व्यवसायीहरु, इलाका प्रहरी कार्यालयका प्रहरीहरु सहित सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा दुधे बजारको मुख्य चौक, शिबगञ्ज–माहाभारा सडक, पुर्व र पश्चिम बस स्टेण्ड, मैनाचुली सडक र बजार क्षेत्रमा सरसफाई गरिएको सतासीधाम जेसिजका निर्मला प्रधानले बताईन् ।
सरसफाई कार्यक्रम समय समयमा हुन आवश्यक रहेको र यसलाई स्थानीवासीले पनि सक्रिय सहभागिता देखाउन जरुरी रहेको कार्यक्रममा सहभागि एबम् सामाजिक अगुवा कविता राईले बताईन् ।

