दुधे, १२ फागुन–सर्वाेच्च अदालतले प्रतिनिधिसभा पूर्नास्थापना गराउने फैसलाको स्वागत गर्दे झापाको शिबसताक्षीमा आन्दोलनरत नेकपा नगर कमिटिले आज बुधबार साँझ दीपप्रज्वलन गरेको छन् ।
आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटि शिबसताक्षीले दुधे चौकमा प्रतिनिधिसभा पूर्नास्थापनाको स्वागतमा दीपप्रज्वलन गरी खुसीयाली साटासाट गरेका छन् ।
दिपप्रज्वलन कार्यक्रम पश्चायत बोल्दै नेकपा प्रदेश १ का सदस्य समेत रहनुभएका प्रदेशसभा सदस्य सांसद झलकसिंह दर्लामी मगरले सर्वोच्च अदालतको फैसला ओली सरकारको प्रतिगमन कदमलाई रोक्ने कार्य भएको बताउनुभयो । वहाँले अदालतको निर्णयलाई नेकपाले स्वागत तथा सम्मान गरेको र नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त प्रतिनिधिसभालाई जीवित बनाउन नेपाली जनता सफल भएको बताउनुभयो ।
सांसद दर्लामीले प्रधानमन्त्री ओलीले सनकको भरमा संसद बिघठन गरेको बताउनुभयो । संसद बिघठन असम्बैधानि हो, दर्लामीले भन्नुभयो–हामीले पटक पटक यो गलत हो र सच्याउन आग्ह गर्यौ तर अटेर गरेर बस्नुभयो । अनन्तः सर्वोच्च अदालतले प्रधानमन्त्रीको समम्बैधानिक कदमलाई सच्याएर जनताको पक्षमा फैसला गर्यो ।
त्यस्तैं, कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य बिनोद आचार्य, नेकपा शिबसताक्षी–७ का वडा कमिटि अध्यक्ष राज सुब्बाले प्रधानमन्त्री ओलीको असम्बैधानिक कदम सच्याउन अदालतको फैसला स्वागतयोग्य भएको बिचारहरु राखेका थिए ।
कार्यक्रममा नेकपा प्रदेश सदस्य भूमिका कार्की, जिल्ला कमिटि सदस्य नरमाया कार्की, जिल्ला कमिटि सदस्य तथा झापा क्षेत्र नं ४ का सहसंयोजक रामबहादुर राई, नगर इन्चार्च एनपी लामिछाने, नगर कार्यालय सदस्य प्रेम याम्फु राई, दुर्गा नेम्बाङ, घनश्याम पोख्रेल, कचाली ताजपुरिया, शान्तिराम न्यौपाने, भुवन राई, पुष्प पौडेल, ज्ञानेन्द्र तिम्सिना, कमल कार्की, शानेश्याम राई, ज्ञानेन्द्र निङलेकु, धनेन राई, नेत्र नेम्बाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
दीपप्रज्वलन कार्यक्रमको सञ्चालन शिबसताक्षी नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराईले गर्नुभएको थियो ।
