एजेन्सी, १३ फागुन–उमेर ढल्किँदै गएपछि पुरुषहरूलाई प्रोस्टेटको समस्याले दुःख दिन्छ । प्रोस्टेट ग्रन्थि, मुत्र थैलीको मुनि हुन्छ र यसले पिसाब बग्ने नलीलाई छोपेर राखेको हुन्छ । प्रोस्टेटमा समस्या देखियो भने सुरुमा पिसाब फेर्दा असजिलो हुँदै जान्छ ।

जस्तोः पिसाब फेर्न सुरु गर्न गाह्रो हुनु, एकचोटि पिसाब सुरु भए पछि रोक्न गाह्रो हुनु आदि । उमरेसँगै प्रोस्टेट पनि ठूलो हुँदै जान्छ । प्रोस्टेट ठूलो हुन नदिन र पिसाब गर्दा समस्या नहोस् भनी औषधिद्वारा उपचार सुरु गरिन्छ । यदि औषधिबाट निको भएन भने अपरेसन गर्नु नै जाती हुन्छ ।

अपरेसन गर्नको लागि तीनचारवटा विकल्प छन् । तपाईँको प्रोस्टेटको अवस्थाअनुसार जाँच गरेर निधो गरिन्छ । त्यसको लागि यहाँले युरोलोजिस्टसँग छलफल गर्नुपर्छ ।

प्रोस्टेटको समस्या भएकाहरूले आफ्नो दैनिकीमा केही फेरबदल गर्दा केही फाइदा पुग्छ । राती सुत्नुभन्दा एकदुई घण्टा अगाडिदेखि पानी नखाँदा राती­राती उठ्ने समस्याबाट बच्न सकिन्छ । पिसाब गर्न मन लाग्नेबित्तिकै अथवा एउटै समयमा पिसाब गर्ने बानीले पनि सहयोग गर्छ ।
तपाईँलाई भएको प्रोस्टेटको उपचार गर्नैपर्छ । त्यसका लागि आफ्नो युरोलोजिस्टसँग भेटेर समस्याको निदान गर्नुहोला ।

उहाँले नै प्रोस्टेटको अवस्था हेरेर तीनचार विकल्पमध्ये उपयुक्त अपरेसन गर्नुहुनेछ । जस्तै, टियुआरपी । प्रोस्टेटसम्बन्धी उपचार गरेपछि ७०­८० प्रतिशतमा यौन समस्या आउँछ । जस्तै, इरेक्सन राम्रो न हुने, रेट्रोग्रेड इजाकुलेसन हुने, चरमसुखमा फरक हुने आदि समस्या देखिन्छन् ।

यी समस्याको प्रोस्टेटको उपचारपछिमात्र लक्षण हेरी उपचार गरिन्छ । त्यसकारणले प्रोस्टेटसम्बन्धी अपरेसनपछि यौनसम्बन्धी समस्या हुनसक्छ । त्यसका लागि प्रोस्टेटको उपचारपछि मात्र यौन समस्याको उपचार गर्नुपर्छ ।

महिनावारीको बेला यौन सम्पर्क गर्दा के हुन्छ ?

एजेन्सी, १३ फागुन–धेरै महिला पुरुषहरुमा महिनावारी भएको बेला (सेक्स) यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् ।

उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ ।

उनीहरुले भनेका छन् । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ । तर महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने कुनै बैज्ञानिक तथ्य भने छैन ।

महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् ।

यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । त्यसकारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ ।

महिनावारी सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ ।

महिनावारीको बेला सम्पर्क गर्दा, चरमसुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, सम्भोगपछि अरु पदार्थसहित रगत अलि बढी बग्नसक्छ । र महिनावारीको समयावधिलाई पनि कम गर्छ । तसर्थ महिनावारी हुदा सुरक्षित तरिकाले यौन सम्पर्क गर्दा कुनै हानी नहुने चिकित्सकको राय रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *