गोविन ल्वागुन/शिबसताक्षी (झिलझिले), १४ फागुन–यहि फागुन १७ गतेबाट संचालन हुने तेस्रो शिबसताक्षी मेयर कप खेलकुद प्रतियोगिताको टाइसिट सार्बजनिक गरिएको छ ।

प्रतियोगिताको बारेमा आज नगरपालीकाको कार्यलयमा नगरखेलकुद बिकास समितिले पत्रकार सम्मेलन गरि जानकारी गरएको हो ।

त्यसैगरि, प्रतियोगिता सन्चलनको लागि ९० प्रतिशत काम पूरा भएको नगर खेलकुद बिकाश समितिका अध्यक्ष फुर्बा लामाले बताए ।

प्रतियोगिता अन्तरगत फुट्बल तर्फको उद्घाटन खेल वाडा नम्बर ७ र वड नम्बर ९ बिच हुने टाइसिट्मा उल्लेख छ ।

त्यस्तै, क्रीकेट ६ नम्बर वडा र ९ बिच हुने छ भने भलिबल ८ र ११ त्यसैगरी कबडी ९ नम्बर र ३ बिच हुनेछ ।

प्रतियोगितामा बिभिन्न ८ बिधामा १७ वटा खेल संचालन हुने बताइएको छ । जस अनुसार फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाल ,ब्याडमिन्टन, कबडी, कराँते ,र एथलेटिक्सका खेलहरु हुनेछ ।

प्रतियोगितामा नगरका ११ वटै वडाका खेलाडीहरुको सहभागिता रहने छ । खेलमा फुटबल बिधाका बिजेताले ७५ हजार , भलिबलले ५०हजार, क्रिकेटले ५० हजार , कबडीले १५ हजार ,ब्यडमिन्टन डबलले १० हजार र ब्याडमिन्टन सिङगलले ५ हजार नगद सहित मेडल ,ट्रफी र प्रमाण पत्र पाउने छन् ।

खेलहरु भलिबल, शिबसताक्षी ३ पाराबारीमा हुनेछ भने फुटबल दुधे रंगशालामा हुनेछ । त्यसैगरि, क्रिकेट झिलझिलेमा, कराँते माइधारमा, कबडी माइधार, ब्याट्मिन्टन दुधे कबड हलमा ,चेस दुधेमा र एथलेटिक्स ब्याङडाँडामा हुने छ ।

उक्त प्रतियोगिताको समापन फागुन २८ गते हुनेछ । शिबसताक्षी नगरपालीकाको प्रथम नगर सभाबाट नगरलाई खेलकुदको क्षेत्रमा अगाडी बढाउने उदेश्का साथ शिबसताक्षी मेयर कप सुचारु भएको हो ।

प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सद्स्य एलपि सावाले गर्ने र समापन नगर प्रमुख चन्द्रकुमार शेर्माले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *