डुडमारी (शिबसताक्षी), १४ फागुन–स्वर्गीय सुजना शेर्माको २५औ जन्मोत्सवको अवसरमा बृहत् खुल्ला रक्तदान तथा निशुल्क स्वस्थ्य शिबिर हुने भएको छ ।

स्वर्गीय शेर्मा परिवारको समन्वय तथा भगवती आधरभुत बिध्यालयको आयोजनामा फागुन १८ गते मंगलबार शिबसताक्षी-८ डुडामारीस्थित भगवती आधारभूत बिद्यालयमा हुने भएको कार्यक्रम संयोजक एबम् पत्रकार गोविन ल्वागुनले बताए ।

नेपाल रेड्क्रस उपशखा दमक तथा शिवसतक्षी नगरपालिकाको स्वस्थ्यकर्मी समेत रहेकी शेर्माको २ बर्ष अघि सडक दुर्घटनामा निधन भएको थियो । उनको सम्झना स्वरुप जन्मोत्सवको अवसरमा रक्तदान तथा स्वस्थ्य शिविरको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सफल बनाउन प्रचार–प्रसारलाई तिब्रता दिइएको जनाइएको छ । कार्यक्रममा रक्तदान सङै दन्त परिक्षण, आँखा परिक्षण, कान परिक्षण र आयुर्वेदिक उपचार सेवा उपलब्ध हुने कार्यक्रम संयोजक एबम् पत्रकार गोबिन ल्वागुनले बताए ।

कार्यक्रम संयोजक एबम् पत्रकार ल्वागुनका अनुसार शिविरमा प्रबिधिक सहयोग नेपाल रेड्क्रस सोसाइटी उपशाखा दमक, आमा डेन्टल क्लिनिक दमक, मेची अँखा तथा कान हस्पिटल दमक र कुलुङ आयुर्वेदिक क्लिनिक दमकको रहने छ ।

सोही अवसरमा स्वर्गीय सुजना सेर्मा स्मृती अक्षयकोष छात्रवृत्ति बितरण तथा सुजना मार्ग उद्घाटन समेत हुने सुजनाको बुबा भुवानीप्रसाद शेर्माले बतए । त्यसैगरी विभिन्न क्षेत्रहरूमा बिशिस्ट योगदान गर्ने चार जना ब्यक्तिहरुलाइ सम्मन समेत गरिने सेर्माले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *