शिबसताक्षी (चन्द्रडाँगी), १४ फागुन–पहिलो पाईला नेपाल विर्तामोड शाखाले बिध्यार्थीहरुको पठनपाठनमा सहजिकरण होस् भन्ने उद्धेश्यले शैक्षिक सामाग्री सहितको (भविष्य बोक्ने झोला) बितरण गरीएको छ ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ चन्द्रडाँगीस्थित शुक्र माध्यमिक विद्यालयका ५० जना बिध्यार्थीलाई शैक्षिक सामग्री सहितको (भविष्य बोक्ने झोला) बितरण गरीएको हो । पहिलो पाईला नेपाल विर्तामोड शाखाको आयोजना तथा शुक्र माविका पूर्व विध्यार्थीहरुको सहयोगमा कार्यक्रमको आयोजना गरीएको हो ।
संस्थाका उपाध्यक्ष जीवनसिंह राजवंशीको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न दाताहरुलाई कृतज्ञता पत्र हस्तान्तरण गरीएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मदन ओलीले शैक्षिक क्षेत्रमा संस्थाबाट विभिन्न कार्यक्रमहरु संचालन गरीँदै आएको र यसै महिनामा थप दुई ओटा कार्यक्रमको आयोजना गरीने योजनामा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडा अध्यक्ष नबिन ईज्जम, स्थानीय समाजसेवी अम्बिका प्रसाद अधिकारी, प्रतिक कडरिया, शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र घिमिरे लगायतको सहभागीता रहेको थियो । संस्थाका कोषाध्यक्ष बिवेक घिमिरेले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।
