काठमाडौं, १६ फागुन–युवा स्टार केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।

साविक विजेता पीएसजीले शनिबार राति भएको खेलमा डिजोनलाई ४–० ले पराजित गरेको हो । डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले दुई तथा मोइस किन र डानिलो पेरेइराले एकरएक गोल गरे ।

मोइसले खेलको छैटौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ५१औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले ३–० को अग्रता बनायो । डानिलोले ८२औँ मिनेटमा गोल गर्दा पीएसजी ४–० ले विजयी भयो ।

जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ । पीएसजीले २७ खेलबाट ५७ अंक जोडेको छ । शीर्ष स्थानको लिलको ५८ अंक रहेको छ । पराजित डिजोन १५ अंकसहित पुछारमा रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *