मोरङ, १६ फागुन–मोरङको पथरीशनिश्चरेमा नगरपालिका स्थित भुटानी शरणार्थी शिविरमा नगर स्तरीय फुटलब प्रतियोगिता हुने भएको छ ।
भुटानी शरणार्थी शिविर स्थित खेलकुद समिति सी.वाई.सी.ले पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र ७ (मार्च २०) गतेदेखि फुटबल मैत्रिपूर्ण खेलकुद गर्ने जानकारी गराएको हो ।
प्रतियोगितामा नगरपालिकाको १० वडाबाट एक-एक गरी १०, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागी शिविरबाट दुई–दुई गरी १४ टिम सहभागि हुने आयोजक कुमार कृष्ण राईले बताए ।
पत्रकार सम्मेलनमा पथरीशनिश्चर नगरपालिका-१० को कार्यबाहक वडा अध्यक्ष मैना आचार्य, शिविर सचिव चम्पासिंह राई, पुरुषोतम ढुङ्गेल, स्थानीय पशुपति ससस सामुदायिक वन उपभोत्ता समितिको अध्यक्ष ईश्वर चौहान लगायतको उपस्थिति रहेको थियो ।
स्थानीय र शरणार्थीवीच मैत्री पूर्ण सम्बनध होस भन्ने उदेश्यले आयोजना गर्न लागेको खेल बिजेता टिमलाई ७५ र दोस्रो हुने टिमलाई ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने रबिन राईले बताए ।
कोभिड-१९ को प्रकोप सहजहुँदै जाँदा पथरीशनिश्चरे नगरमा यस अघि नगर स्तरीय लिगकम नकआउट फुटबल, शविरमा खुल्ला नकआउट फुटबल लगायतको प्रतियोगिता भएको थियो ।
