काठमाडौं, १७ फागुन–पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।
भारतको नयाँदिल्लीमा उपचाररत् भट्टराईको बायेप्सीलगायतका परीक्षणबाट क्यान्सर संक्रमण नभएको पुष्टि भएको उनका सञ्चार सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
उक्त ट्युमरलाई छिट्टै शल्यक्रियाद्वारा फाल्न चिकित्सकले सुझाएको उनको भनाइ छ । नफाले क्यान्सरको जोखिम बढ्ने चिकित्सकको निष्कर्ष छ ।
डा भट्टराई मंगलबार स्वदेश फर्कने तय भएको पाण्डेले जानकारी दिएका छन् ।
