अर्जुन जम्नेली राई/मोरङ, १७ फागुन–नेत्रविक्रम चन्द (बिप्लव), ऋषि कटेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मोहन बैद्य र आहुतीले नेतृत्व गरेको चार वटा कम्युनिष्ट पार्टीले मंगलबार सुनसरीको इटहरीमा जनसभाको तयारी गरेको छ ।
कार्यक्रममा सम्बोधनको लागि मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय प्रवक्ता हरिभक्त कडेल, नेकपा केन्द्रीय अध्यक्ष ऋषि कटेल, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुति) र अर्को संगठनको भृकुटी आउने नेकपा क्रान्तिकारी माओवादीको १ नम्बर प्रदेश सचिव सीताराम बुढाथोकीले बताए ।
देशमा बढ्दो बेथिति, अराजक, भ्रष्टाचार, अपराधतन्त्र बढेको भन्दै चार वटा संगठनले माघ २९ गते काठमाडौं, फागुन ६ गते बुटवल, १४ गते धनगडी र १८ गते सुनसरीको इटहरीमा कार्यक्रम गर्न लागेको सीताराम बढाथोकीले बताए ।
चार वटा संगठनले रणनैतिक संयुक्त मोर्चा गठन गरेर सुरु भएको पहिलो चरणको कार्यक्रम इटहरीमा समापन हुने बताइएको छ ।
