मोरङ, १८ फागुन–नेपाल कक्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड, नेपाल समूहका केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी ओलीले अदालत, निर्वाचन आयोगमा सेटिङ छ भन्दै समर्थक तान्ने दिन गएको बताएका छन् ।
ओलीले आदालत, निर्वाचन आयोग र प्रतिपक्षी दलका नेतासँग सेटिङ भएको भन्दै कार्यकर्ता आफूसँग तान्ने काम हुँदै आएपनि जनता भ्रमबाट मुक्त भइसकेको बताए । सोमबार पार्टीको पथरीशनिश्चरे नगर समितिको बैठकमा केन्द्रीय सदस्य महेश रेग्मी र गोपी आच्छामी आएका थिए ।
बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्यहरुले भ्रममा परेका नेता, कार्यकर्ता ओलीलाई छाडेर आफू समर्थित समूहमा फिर्ता भइरहेको बताए ।
ओलीले पुस ५ गते संसद बिघटन गरेर प्रतिगमनकारीको नेतृत्व गरेको आरोप लगाउदै प्रचण्ड, नेपाल समूह राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा अग्रगमणकारी पार्टीको रुपमा स्थापित भएको दाबि गरे ।
पार्टी नगर सचिव बालकुमार मगर (बिकास) को सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य तथा संविधान सभा सदस्य चण्डीप्रसाद राई, नगर प्रमुख दिलिपकुमार राई, प्रदेश सांसद कृष्णकुमारी राई, नगर ईन्चार्ज दिनानाथ तिम्सिना, टंक भण्डारी, तुलशी ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सय भन्दा बढी नगर समितिको पदाधिकारी सदस्यको सहभागिता रहेको थियो ।
बैठकले धनप्रसाद साँम्बा लिम्बू, राजेन्द्र गुरुङ, कर्ण राई, जानुका भण्डारी, मिलन राई, देब साम्पाङ, निर्माला राई र तिर्थ आचार्यलाई नगर समितिमा मनोनित गरेका छन् । बैठकले वडा बैठकहरु राख्ने र जनवर्गीय संगठनहरु पुनर गठन गर्ने सम्बन्धमा निर्णयहरु भएको नगर सचिव बालकुमार मगर (बिकास) ले बताए ।
