मोरङ, १७ फागुन–मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बुद्धचोकमा स्थापित करदाता सेवा कार्यालय संघीय पर्यटन मन्त्री भानुभक्त ढकालको हातबाट आज (सोमबार) उत्घाटन भएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढकालले निर्वाचनको बेला प्रतिबद्धता गरिएको गाउँगाउँमा सिंहदरबार पुरा हुँदै गएको बताउनु भयो । आफू सरकारमा गएपछि खोला तट्बन्धन भइरहको र सुकुम्बासी समास्या समाधानको पहल भइरहेको बताउनु भयो ।
अत्यन्तै संक्षिप्तमा बोल्नु भएको मन्त्री ढाकालले प्रचण्ड, नेपाल समूहलाई ब्याङ्ग्य गर्दै छिमेकी देशलाई कन्फटेबल हुने भन्दा घर भित्रैको सरकारले जनताको काम गर्न सक्ने बताउनु भयो ।
कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष दीपक बस्नेत, उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्ष प्रितम खड्गी लगायतको उपस्थिति रहेको थियो ।
पथरीमा गत असोज २८ गते करदाता सेवा कार्यालय स्थापना भएको थियो । कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई लगातले शुभकामना मन्तब्य राखेका थिए । करदाता सेवा कार्यालय उद्घाटन कार्यक्रममा ओली समूह सम्बद्ध युवा नेताहरु पर्शुराम बस्नेत, रबिन थापा, नवीन पौडेल, बिजय डाँगी लगायतको उपस्थिति रहेको थियो ।
पथरीमा स्थापित करदाता सेवा कार्यालयले पूर्बी मोरङको पथरीशनिश्चरे, कानेपोखारी, लेटाङ, उर्लाबारी र मधुमल्ला गरी पाँच वटा स्थानीय तहको उद्योगी ब्यापारीहरुलाई सेवा प्रदान गर्दै आएको कार्याल प्रमुख होमप्रसाद पराजुलीलीले बताए ।
मासिक ४० हजार भाडाामा लिएर कर कार्यालय सञ्चालन रहेको कार्यालयमा ६ जना दरबन्दी भएपनि तीन जना र एक सफाइ कर्मचारी रहदै आएको छ । कार्यालयबाट भ्याट, पान, अन्तरशुल्क दर्ता, कर चुक्ता लगायतको करिव १५ हजार उद्योगी, ब्यबसायीलाई सेवा दिदै आएको छ ।
