दमक, १६ चैत–झापाको कमल गाउँपालिकाको पाडाजुङ्गीस्थित रिभर भ्यू हेरिटेज एण्ड रिसोर्टमा नेपाल प्रेष युनियन माइपश्चिम क्षेत्रीय समितिले सोमबार होली मिलन कार्यक्रम आयोजना गरेको छ । फागु पूर्णिमा (होली) का अवसर पारेर युनियनले पत्रकारहरुवीच शुभकामना आदान-प्रदान कार्यक्रम गरेको हो ।

नेपाल प्रेष युनियन माइपश्चिम क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाको अध्यक्षतामा कार्यक्रम भएको थियो । पाडाजुंगीस्थित रिभर भ्यू हेरिटेज रिसोर्टमा होलीको एकापसमा शुभकामना आदनप्रदान गरि होली पर्व मनाएका हुन् ।

युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल महासंघ झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा, उपाध्यक्ष एकराज गिरी, रिसोर्टका सञ्चालक रुद्र कार्की लगायतले शुभकामना राखेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *