काठमाडौं, १७ चैत–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट परेको, तर देशलाई संकट नपरेको दाबी गरेका छन् ।
मंगलबार उनले किसान, मजदुर, कर्मचारी, विद्यार्थी कसलाई संकट परेको छ ? भनेर प्रश्न गरे । उनले निर्वाचनले संघीय गणतन्त्र खतरामा पर्ने भए अबको २० महिनामा संघीय गणतन्त्र खतरामा पर्ने व्यंग्य गरे ।
अर्को एक प्रसंगमा उनले फागुन ११ मा अदालतले गरेको फैसलामा अबिरजात्रा गर्नेहरूले फागुन २३ को फैसलालाई अस्वाभाविक मान्नु कत्तिको जायज हो भनेर प्रश्न गरे ।
