दमक, ४ साउन–मेचीमहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले आज सहिद बन बाटिकामा बृक्षारोपण कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको छ । बुहारी संयुक्त आवाजले दमक नगरपालिकासँगको सहकार्यमा दमक–२ स्थित सहिद बन बाटिकामा बृक्षारोपण गरिएको हो ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमककी अध्यक्ष जमुना निरौला अधिकारीका अनुसार हिन्दु महिलाहरुले साउनको पहिलो सोमबारलाई सृजनात्मक र रचनात्मक ढंङ्गमा कार्यक्रम आयोजना गरेर मनाएएको हो ।
बन कार्यालयसंगको समन्वयमा आयोजित बृक्षारोपण कार्यक्रममा दमक वडा नं २ का अध्यक्ष प्रजापति सापकोटा, दमक-६ का वडा अध्यक्ष एबम् दमक नगरपालिका वातबरण समितिका संयोजक टेकबहादुर थापा, नगरपालिकाको कार्यालय वातावरण शाखा अधिकृत ज्ञानेन्द्र चौधारी, इलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्की, लिला ढुङ्गेल दाहाल लगायतको उपस्थितिमा बृक्षारोपण कार्यक्रम भएको बुहारी संयुक्त आवाज दमककी अध्यक्ष अधिकारीले बताउनुभयो ।
अध्यक्ष अधिकारीले दमक-२ स्थित सहिद बन बाटिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न संस्थाले बृक्षारोपण कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।

