दमक, १९ कार्तिक–दक्षिणी इलामको माङसेबुङ गाउँपालिकामा विहिबार दहगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटनमा वृहत निःशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

माङसेबुङ–२ दहगाउँमा दहगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटनमा झापाको दमकस्थित लाइफ लाईन अस्पतालले एक दिने निःशुल्क दाँत तथा आँखा शिविर सम्पन्न गरेको हो ।

गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईका अनुसार दमकस्थित लाइफ लाइन अस्पतालले दक्ष, अनुभवी र विशेषज्ञ डाक्टरहरुसहितको प्राविधिकहरुको टोलीले दाँत तथा आँखाका रोगीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

लाइफ लाईन अस्पताल दमककी दन्त सेवा विभागकी प्रमुख एबम् थुलुङ डेन्टल केयर सेन्टरकी सञ्चालिका दन्त रोग विशेषज्ञ वरिष्ठ डाक्टर सोफिया थुलुङसहितको विशेषज्ञ र प्राविधिकहरुको टोलीले माङसेबुङवासीलाई स्वास्थ्य परिक्षण तथा परामर्श गर्नुका साथै निःशुल्क औषधीसमेत वितरण गरिएको थियो ।

डाक्टर थुलुङले दाँत तथा मुखसम्बन्धि समस्याले पीडित हुनेहरु समस्यमै डाक्टरसम्म पुग्न नसक्नु र उपचारपछि औषधी सेवन नगर्नुले थप जटिल बन्दै गइरहेको बताईन् ।

दाँत तथा आँखासम्बन्धिको समस्याबाट पीडितहरुलाई स्थानीय गाउँ–घरमै सेवा उपलब्ध गराउने उदेश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष राईले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *