धरमपुर, ६ साउन–झापाको शिबसताक्षी–१ धरमपुर चौकमा सुविधा सम्पन्न र पारिवारिक वातबरणसहितको ‘क्याफे एण्ड वार’ सञ्चालनमा आएको छ । बैदेशिक रोजगारबाट स्वदेश फर्केकाa धरमपुरका दुई दाजुभाई राज र सुनिल नेम्बाङले ‘ओप्पा क्याफे एण्ड वार’ सञ्चालनमा ल्याएका हुन् ।
रु एक करोड ६५ लाख लगानीमा क्याफे एण्ड वार सञ्चालनमा ल्याएका छौं, सञ्चालक राज नेम्बाङले भने । दाजु राजका अनुसार रोजगारीको शिलशिलामा खाडी मुलुक बसाईको क्रममा होटल सम्बन्धी रुची थियो । भाई सुनिलसँग दाजु राजले सल्लाह गरे अनि धरमपुर चौकमा ओप्पा क्याफे एण्ड वारको स्थापना गरे ।
ओप्पा कोरियन भाषा हो । नेपालीमा यसको अर्थ हुन्छ बन्धु वा दाजुभाई । राज र सुनिल दाजुभाई हुन् । दुबैको रुची र स्वभाव पनि मिल्दो । र, भरखरै, बजारीकरणतर्फ अघि बढ्दै गएको धरमपुर चौकमा रु १ करोड ६५ लाख लगानी गरेर क्याफे एण्ड वार सञ्चालन गरेका छन् ।
क्याफे एण्ड वारको आफ्नै भवन हो । साढे तीन तलाभित्र ग्राहकहरुको सेवा र मनोरञ्जनको निम्ति आधुनिक कोठाहरु निर्माण गरिएको छ । एसी र नन्एसी कोठाहरु छन् ।
क्याफे एण्ड वारको दोस्रो फ्लोरमा ७० जना क्षमतासहितको तालिम, बैठक वा सेमिनार लगायत अन्य प्रयोजनका निम्ति प्रयोग हुने कोठा समेत छ ।
त्यस्तै., ग्राउण्ड फ्लोरमा वार र भिआइपी लन्च कोठाहरु उपलब्ध हुने छ । पहिलो फेलोरमा एसीसहितका कोठाहरु छन् । चुरोट र हुक्का पारखीका लागि छुट्टै ‘स्मोकिङ जोन’ छ भने तेस्रो फ्लोरमा धरमपुर आसपास र उत्तरतर्फको हरियाली चुरे पाहाडहरुको दृश्यको अवोलकन गर्न बाल्कोनी ‘भ्यू कक्ष’ स्थापना गरिएको छ ।
१४ असारबाट सञ्चालनमा आएको क्याफे एण्ड वारले औपचारिक कार्यक्रमबीच उद्घाटन गरेको छैन् । बढेदो संक्रमणका कारण हालको समयमा औपचारिक कार्यक्रम नगरिएको सञ्चालक राज नेम्बाङले जानकारी गराए । क्रमशः सुधार हुने आशा छ, अझै समय हेरौ र औपचारिक उद्घाटन गरौ भन्ने योजना बनाएको छु, राजले भने ।
क्याफे एण्ड वारमा कोरियन खानाका बिभिन्न आइटमहरु उपलब्ध हुने छ । सो बाहेक नेपाली र इन्डियन खाने कुराहरु उपलब्ध गराइने सञ्चालक राजले बताए । त्यसो त अर्डर र ग्राहकको माग अनुसारका नेपाली साँस्कृतिक खाना तथा अन्य खाने कुराहरु उपलब्ध गराइने छ । त्यस्तैं, क्याफे एण्ड वारमा चिया, कफी, ग्रीन टी, आइस टी, जुस लगायतका सवै प्रकारका पेय पदार्थहरु उपलब्ध छ ।
ओप्पा क्याफे एण्ड वारमा जन्मदिन, गुन्यू चोली, छेवर, पास्नी लगायतका मिनी सभा र समारोह गर्न सकिने छ । पाकिङको पर्याप्त सुविधा छ ।
हाल, सो क्याफे एण्ड वारमा प्रत्यक्ष ६ जनाले रोजगार पाएका छन् । यो महामारी पछि बजार तथा व्यवसाय सञ्चालनमा पुर्णरमा खुल्ला भएको अवस्थामा केही कर्मचारीहरु थप गरिने सञ्चालक राजले बताए ।

