धरमपुर, ८ साउन–जन्मेको नौ दिनमै आँखा सुन्निएको जस्तो र केही पानीसहित फोहोर पदार्थ बगिरह्यो । केही दुखाईको महुशुष हुदैं गएपछि झापा शिबसताक्षी–८ बुद्ध चौक दक्षिण एक गाउँकी ३३ महिने शिशु जेसिका बिश्वकर्मलाई आमा सिताले बिर्तामोडस्थित एक आँखा अस्पतालमा लगिन् ।

सो अस्पतालले जेसिकाको आँखाको एउटा नशा (बन्द) ब्लग छ भन्यो । केही औषधीहरुसहित छोरी जेसिकालाई लिएर सिता घर आइन् ।

औषधीले आँखा क्रमशः सुधार हुदै आयो । सिता आफ्नो छोरीको आँखा ठिक भएकोमा खुशी थिइन् । तर, अस्पतालबाट फर्केको ८–९ महिनापछि जेसिकालाई फेरी पहिलाको जस्तै समस्या शुरु भयो ।

फेरी, जेसिकाको आँखा सुनिएर असहज भयो । आँखाबाट पिप बगिरह्यो । ठिक हुदै गरेको आँखामा पुरानै समस्या देखिएपछि सितालाई तनाव भयो । र, थप उपचारको निम्ति जेसिकालाई काठमाण्डौंस्थित तिलगंगा आँखा अस्पतालमा भर्ना गरिन् । सो अस्पतालले पनि आँखाको एउटा नशा ब्लग नै छ भनेर उहि औषधीहरु दिए ।

तिलगंगा आँखा अस्पतालबाट लिएर आएको औषधीले जेसिकाको आँखाको समस्या केही ठिक त भयो, सिताले भनिन्–औषधी खाएको पुर्नःएक वर्षपछि जेसिकाको आँखामा पुरानै समस्या फेरी देखियो ।

आर्थिक अवस्था कमजोर सिताले आफ्नो छोरीको निम्ती आफ्ना आफन्तहरु र छरछिमेकीहरुबीचमा सरसापट वा केही ऋणहरु गरेर उपचारमा खर्च गरिन् । छोरीको स्वास्थ्यमा सुधार आउला भन्दाभन्दै सिताले रु ५ लाख बढी अस्पताल चाहार्दा चाहार्दै स्वाहा पारिन ।

तर, सिताले हरेस खाइनन् । छोरीको आँखा सुनिएर झनझन ठूलो हुदै आयो । आँखा असहज ढंङ्गले बढ्दै गएपछि बिदेशको भूमिमा रहेका आफ्ना श्रीमानसँग सिताले सल्लाह गरिन् । केही आशा र विश्वाससहित उनी आफ्नी छोरी जेसिकासहित बिर्तामोडस्थित बि एण्ड सी अस्पताल पुगिन् । अस्पतालमा डाक्टरले सवै परिक्षणहरु गरेपछि, जेसिकाकालाई क्यानसर भएको प्रमाणित गर्यो ।

तीन बर्ष पुग्न अझै तीन महिना बाँकी छ । उनी हालः ३३ महिनाकी भइन् । उनको पूर्वाञ्चाल क्यानसर अस्पतालमा क्यानसरको सफलताका साथ अप्रशेन भइसकेको छ । उनको सोही अस्पतालमा रोग प्रतिरोधात्मक क्षमता बढाउने (केमु) राख्ने कार्य भइरहेको छ ।

सोही अस्पतालमा जेसिकालाई केमु राखिरहेको छ, सिताले भनिन्–अहिलेसम्म पाँच पटक केमु राखियो । अझै, केमु राख्नुपर्र्ने अवस्था छ । केमुले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्दछ तर कमजोर आर्थिक अवस्था भएकै कारण केमुसम्म राख्न जेसिकाको परिवारलाई निकै कष्ट वा धौधौ परेको छ ।

हाल, १० लाख बढी खर्च भइसकेको छ । अझै कति खर्च हुने हो सितालाई अत्तोपत्तो छैन् । डाक्टरले पनि यति नै खर्च लाग्छ भनेको छैन, सिताले भनिन्–एक पटक केमु राख्ने क्रममा ४० देखी ५० हजारासम्म खर्च हुन्छ । यहि केमुको खर्चसम्म जुटाउन सितालाई हम्मे हम्मे भएको छ ।

आयआम्दानीको एउटै स्रोत बैदेशिक रोजगार हो । जेसिकाको बुबा बिदेशमा छन् । उनकै कमाईले घरको खर्च र उपचारमा खर्च जुटिरहेको छ । तर, यहि कमाइले नपुगेपछि सारसापट वा ऋण गरेर उपचारका खर्च व्यवस्थापन गरिरहेको सिताले जानकारी गराईन् ।

यता, धरमपुरमा आयोजित एक भेलाले जेसिका विश्वकर्माको थप उपचारमा सहयोग सङकलन गर्न समिति गठन गरिएको छ । दलित अधिकारवादी एबम् स्थानीय बुद्धिजिवी तथा शिक्षासेवी पूर्ण लकान्द्रीको संयोजकत्वमा जेसिका बचाउ अभियान गठन गरिएको छ ।

सो समितिमा पत्रकार गोृविन ल्वागुन, पृथ्बी बोहोरा, अनिलदेब राई, मोहन सेनचुउरी, सेलिङ केसी, धनबहादुर विश्वकर्मा, सञ्जय ठकुरी, चन्द्रवीर नेम्बाङ, खगेन्द्र लम्जेल लगायत छन् । समितिले जेसिका विश्वकर्माको थप उपचारको निम्ति आर्थिक सङकलन गर्दै आय आम्दानीलाई चुस्तदुस्त बनाउने छ भने जेसिकाको नाममा बैंक मार्फत खाता खोलेर सहयोग सङकलनलाई प्रभावकारी बनाउने संयोजक लकान्द्रीले बताए ।
सम्पर्कः
९८२४५७११२ (आमा–सिता विश्बकर्मा)
९८१४९५९०८६ (संयोजक–पुर्ण लकान्दी)
९८१७०७४००६ (मोहन सेनचुउरी)

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *