काठमाडौं, ८ साउन–बंगलादेशले जिम्बावेविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । घरेलु टिम जिम्बावेविरुद्ध बंगलादेशले सहज जित निकालेको हो ।
बिहीबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ८ विकेटले हरायो ।
हरारेमा जिम्बावेले दिएको १५३ रनको लक्ष्य बंगलादेशले १८ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा मोहमद नाइमले ६० रनको अर्धशतकीय इनिङ्स खेले । उनले अविजित रहदै टिमका लागि महत्वपूर्ण योगदान दिएका हुन् ।
बंगलादेशका सौम्य सरकारले ५० रनको अर्धशतकीय इनिङ्स खेले । जिम्बावेका दुवै खेलाडी रन आउट भएका हुन् ।
यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले १९ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको थियो । जिम्बावेका लागि रेगिस चाकबभाले ४३ रन बनाए । डियोन मेयर्सले ३४ रन बनाए ।
बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए । मोहमद सैफुदीन र इस्लामले २(२ विकेट लिए ।
जितसँगै बंगलादेशले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
