काठमाडौं, ९ साउन–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामबहादुर थापा (बादल) सँग भेट गर्नुभएको छ ।

विप्लव, पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र सन्तोष बुढाले बादलसँग भेट गर्नुभएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको बादलले जानकारी दिनुभएको छ ।

आजै मात्र विप्लवले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको थियो ।

स्रोतका अनुसार ठाकुरसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टीले सरकारसँग गरेको सम्झौताको विषयमा छलफल भएको छ ।

नयाँ सरकार बनेलगत्तै विप्लवले राजनीतिक भेटघाटलाई तिव्रता दिनुभएको छ । उहाँले ठूला पार्टीका शीर्ष नेताहरूलाई यसअघि नै भेटिसक्नुभएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *