सोल, १० साउन–दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोनाभाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आईसीयू शय्यासमेत अभाव हुन थालेको छ ।
कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन् ।
स्वास्थ्य विभागका अनुसार केही हप्तादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोनाभाइरस ९डेल्टा भेरियन्ट०को समेत लक्षण देखिएको छ । यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म एक हजार बढी बढी छन् । यो भाइरस उच्च गतिमा संक्रण हुने गर्दछ ।
पछिल्लो समय थपिएका नयाँ संक्रमितको संख्या हालसम्मकै उच्च हो । यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै दुईजना बढी भेला हुनसमेत बन्देज गरेको छ । सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ संक्रमितको संख्या दैनिक दुई हजारको हाराहारीमा देखिन थालेको छ ।
कोरियामा हालसम्म कुल संक्रमितको संखया एक लाख ८४ हजार १०३ पुगेको छ । मृत्यु हुनेको संख्या दुई हजार ६३ छ ।
