सर्लाही, ११ साउन–सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट अर्का एक जना घाइते भएका छन् ।

हरिवन नगरपालिका–४ की ६२ वर्षीया तेतरी खातुन धुनियाको ज्यान गएको जिल्ला वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिए । सोमवार बिहान विवाह कार्यक्रममा जाँदै गर्दा उनलाई जङ्गली हात्तीले आक्रमण गरेको हो ।

यस्तै हात्तीको आक्रमणबाट सर्लाहीकै वागमती नगरपालिकामा एक जना घाइते भएका छन् । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *