काठमाडौं, १२ साउन–प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान १० बजे बस्ने पदाधिकारी बैठक आशन्न १४ औं महाधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।

बैठक बिहान ९ बजे बस्ने भनिए पनि १० बजेका लागि सरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्रियाशील सदस्यता विवादका कारण कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता धर्ना र आमरण अनसनमा बसेका छन् । कांग्रेसले क्रियाशील सदस्यता विवाद हालसम्म हल गर्न सकेको छैन ।

आजको बैठकमा रमेश लेखक नेतृत्वमा रहेको केन्द्रीय क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाउने बताइएको छ । देशभरका १२५ वडामा क्रियाशील सदस्यता विवाद रहेको छ ।

साउन १२ गतेका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । यद्यपि, केन्द्रीय अधिवेशन भने निर्धारित मितिमै गर्ने कांग्रेसले बताएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *