काठमाडौं, १५ साउन–आज साँझसम्म सहमतिमा आउन माधव नेपाल पक्षलाई नेकपा एमालेले आग्रह गरेको छ । अन्यथा लामो समय कुर्न नसकिने एमालेले जनाएको छ ।

आज साँझसम्म सहमतिमा नआए शनिबार बस्ने पार्टीको स्थायी कमिटी बैठकले आवश्यक निर्णय लिने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए । पार्टी कार्यालय थापाथलीमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीलाई अनिश्चयको भूमरीमा राखेर लामो समयसम्म कसैलाई कुर्न नसकिने उनको भनाइ छ ।

“अधिकतम कोसिस गर्ने नामममा यो अनिश्चिततालाई अनन्तकालसम्म लम्ब्याउनु हुँदैन । देशभरका नेता कार्यकर्ताहरुले व्यक्त गर्नु भएको धारणामा हामी टुङ्गोमा पुग्छौं,” महासचिव पोखरेलले भने, “विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव दुबैतर्फका साथीहरूले नेतृत्वसँगको परामर्शमा तयार पारेर अनुमोदन गरेपछि अरु प्रस्ताव दिनहुँ सार्वजनिक हुँदा यसले पार्टी एकता हुने वातावरण बनाउँदैन ।”

कार्यदलले तयार पारेको प्रस्तावमा टेकेर अगाडि बढ्नु पर्नेमा उनको जोड छ । पार्टी एकताका लागि विधान र पद्धतीभित्र बसेर सहमतिको अधिकतम प्रयास गरिने उनले स्पष्ट पारे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *