दमक, १८ साउन–नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद ओली पक्षले युथ फोर्स पुर्नगठन गरेसँगै माधव नेपाल पक्षले अखिल फोर्स गठन गरेको छ । देशभरीका सम्पूर्ण बिद्यार्थीहरुको साझा संगठन अनेरास्ववियुलाई अझै शसक्त र गतिशिल बनाउन अखिल फोर्स गठन गरिएको हो ।
काठमाण्डौंमा हालै सम्पन्न अखिल फोर्सको भेलाद्धारा तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय रहेको अखिल फोर्स गठन गरिएको हो । फोर्सको सहसंयोजकमा झापा दमकका बिद्यार्थी नेता रोशन भण्डारी चुनिएका छन् । दमकस्थित दमक बहुमुखी क्याम्पसका स्ववियु सचिवमा निर्वाचित हुने नेता भण्डारी । उनी, हाल दमक बहुमुखी क्याम्पसको कार्यवहाक स्ववियु सभापति पनि हुन ।
अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका बिद्यार्थी नेता भण्डारीले अखिल फोर्स बैचारिक दृष्ट्रिकोणले गठन गरिएको बताए । उनले भने-‘यो बैचारिक संगठन हो, राजनीतिक जगभित्र रहेर यसले बिद्यार्थीहरुको समस्या र शैक्षिक संस्थामा देखिएका बिकृती र व्यथिती बिरुद्ध काम गर्दछ ।’ पार्टी अध्यक्ष ओलीले युथफोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन अखिल फोर्स गठन गरिएको उनले दावी गरे । नेता भण्डारीका अनुसार अखिल फोर्स मार्फत देशभरीका बिद्यार्थीहरुबीच नयाँ जागरण ल्याइने बताए ।
काठमाण्डौंमा आयोजित भेलामा नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेको र अब देशैभर संगठन निर्माण गरिने बताए । अध्यक्ष पराजुलीले देशभरका क्याम्पस तथा जिल्लाहरुमा अखिल फोर्स गठन गरिने बताए । उनले भने–‘शैक्षिक माफिया र अराजकता मच्याउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका हौ ।
